दफा ३
भोकमरीको रोकथाम
(१) भोकमरीमा परेको वा भोकमरीको जोखिममा रहेको परिवार, समुदाय वा क्षेत्रको व्यक्ति वा त्यस सम्बन्धमा जानकारी पाउने जोसुकै व्यक्तिले त्यस्तो भोकमरीमा परेको वा भोकमरीको जोखिममा रहेको सूचना सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिमको सूचना वा अन्य कुनै माध्यमबाट प्राप्त जानकारीको आधारमा सम्बन्धित स्थानीय तहले बुझ्दा कुनै परिवार, समुदाय वा क्षेत्रको व्यक्ति भोकमरीमा परेको वा भोकमरीको जोखिममा रहेको अवस्था देखिएमा सम्बन्धित वडा कार्यालय मार्फत भोकमरीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा देहायको व्यवस्था गर्नु पर्नेछ: -
(क) भोकमरी वा भोकमरीको : जोखिममा रहेको व्यक्ति, परिवार वां समुदायलाई तत्काल खाद्य पदार्थ उपलव्ध गराउने,
(ख) भोकमरी वा भोकमरीको जोखिममा रहेको व्यक्ति, परिवार वा समुदायलाई नजिकको स्स्वास्थ्य संस्थाबाट आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने, र
(ग) भोकमरी-वा भोकमरीको जोखिमको अवस्था तथा सोबाट प्रभावित क्षेत्र र जनसङ्ख्या आँकलन गर्दा स्थानीय तहको स्रोत साधनबाट भोकमरी रोकथाम तथा नियन्त्रण गर्न सकिने अवस्था नभएमा सम्बन्धित प्रदेश सरकार वा नेपाल सरकारसँग थप स्रोत साधन माग गर्ने ।
(३) ऐनको दफा ४ को खण्ड (क) बमोजिम भोकमरी वा भोकमरीको जोखिममा रहेको भनी पहिचान भएको व्यक्ति, परिवार, समुदाय वा क्षेत्रलाई लक्षित गरी सम्बन्धित स्थानीय तहले ऐनमा लेखिएका कामका अतिरिक्त देहायका काम गर्न सक्नेछ:-
(क) भोकमरीका कारक तत्त्व पहिचान गरी जीविकोपार्जनका . लक्षित कार्यक्रम सञ्चालन गर्ने,
(ख) स्थानीय उत्पादन, जनसङ्ख्याको आकार, रोजगारी तथा आयआर्जन र खपत हुने खाद्य पदार्थको प्रक्षेपणको आधारमा खाध पदार्थको आपूर्ति बढाउने तथा थप प्रभावकारी बनाउने,
(ग) भोकमरी वा भोकमरीको जोखिमको अवस्थामा वितरण गर्नको लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट स्थानीय तहमा खाद्य पदार्थ सञ्चिति गर्ने, गराउने, र
(घ) भोकमरीको अवस्थामा परिचालन हुन सक्ने गरी आवश्यक स्वयंसेवक तथा सहयोगी संस्थाहरुको पहिचान, कार्यक्षेत्र विभाजन र कार्यटोलीको गठन सहितको पूर्वतयारी गर्ने ।